मलेसिया । रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
मोरङको कठयाहा घर भई हाल वातुपहातको सोलुङ नजिकै रहेको अल्टो फर्निचर कम्पनीमा कार्यरत ४० वर्षका शशि मण्डलको शनिबार राति सुतेकै अवस्थामा ज्यान गएको बताइएको छ । नियमित खानपिन गरेर राति ११ बजे सुतेका मण्डललाई आइतबार बिहान साढे पाँच बजेको समयमा साथीहरुले बेलाउन जाँदा मृत अवस्थामा फेला परेका थिए । मण्डल दुई बर्षदेखि मलेसियामा कार्यरत रहेका थिए ।
मृतक मण्डलको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा छन । शवलाई नेपाल पठाउने प्रकृया शुरु भएको कम्पनीले जनाएको छ ।
















प्रतिक्रिया