२९ आश्विन २०८३, बिहिबार

ओलीले किन गरे प्रचण्डको बचाउ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli_prachandaभक्तपुर, १६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार बिहान बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ ।

आधा घन्टा भएको वार्तामा प्रदेश विभाजन र संविधान निर्माणका क्रममा आएका असहमतिहरुलाई कसरी सहमतिमा पु¥याउने भन्नेबारेमा छलफल भएको छ ।

ओली र दाहालको भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले असहमतिका विषयलाई कसरी सहमति बनाउने भन्नेबारेमा छलफल भएको बताउनुभयो ।

आगामी माघ ८ मै संविधान जारी गर्न एमाओवादी अध्यक्ष प्रचण्ड पनि सहमत भएको प्रतिक्रिया दिँदै उहाँले सहमतिको बिन्दु खोज्न छलफल भएको बताउनुभयो ।

संविधान निर्माणका प्रक्रियामा भिन्न धारणा भएकाहरुलाई एकै ठाउँमा ल्याउने र सहमति गराउने उपाय खोज्न छलफल भएको जानकारी दिँदै ओलीले सहमतिबाटै अगाडि जाने कुरा भएको बताउनुभयो ।

सहमतिका विषयमा सबै पक्ष लचिलो हुनेबारेमा छलफल भएको जानकारी दिँदै ओलीले भन्नुभयो– ‘सहमतिको प्रयास जारी छ, यसका लागि सबै पक्ष लचिलो भएर जाने र सहमतिको बिन्दुमा पुग्ने भन्नेबारेमा कुराकानी भयो ।’

अब कसले कति लचिलो भएर सहमति खोज्ने हो भन्नेबारेमा पनि टुङ्गोमा नपुगेको बताउँदै उहाँले एउटाको कुरा अर्कोले मान्नै पर्छ भन्ने भन्दा पनि कसरी सहमति गर्ने भन्ने कुरामा छलफल भएको जानकारी दिनुभयो ।

संविधान निर्माणका विवादित विषयमा एमाओवादी लचिलो हुने लक्षण आफूले देखेको बताउँदै ओलीले छलफल र वार्ताबाटै निकास निकाल्ने पहल भइरहेको पनि बताउनुभयो ।

भेटपछि एमाओवादी अध्यक्ष प्रचण्डले भने छोटो प्रतिक्रिया दिँदै सहमति खोज्ने प्रयास भइरहेको र त्यसैका लागि छलफलमा बसेको बताउनुभयो ।