काठमाडौ, १६ कात्तिक । बामदेव गौतमलाई माफी माग्न आइतबार बेलुकी पाँच बजेसम्मको अल्टिमेट दिएको छ ।
हिन्दु धर्मकाबारेमा गृहमन्त्री गौतमले अपमान गरेको भन्दै उक्त दलले त्यस्तो अल्टिमेटम दिएको हो ।
सरकारका तर्फबाट गृहमन्त्री गौतमले उक्त मितिसम्म माफी नमागे कडा आन्दोलन गर्ने चेतावनी राप्रपा नेपालले दिएको छ ।
उक्त पार्टीले गौतमले माफी नमागे कस्तो आन्दोलन गर्ने भन्ने सम्वन्धमा छलफल गर्न आइतबारलाई नै केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको तयारी गरेको छ ।
गृहमन्त्रीले माफी नमागेसम्म सडक र सदन दुवैमा कडा संघर्ष गर्ने उक्त पार्टीले तयारी गरेको छ ।
गृहमन्त्री गौतमले संसद्को शुक्रबारको बैठकमा महानगरपालिकाले शान्तिवाटिकामा स्वामी श्रीनिवास आचार्यको नामका धार्मिक गुरुलगायतका समूहले गत वैशाख ८ देखि निरन्तर रिले अनशन जारी राखेकामा नेपाल प्रहरीले संरक्षण गर्दै आएपनि सार्क शिखर सम्मेलनका लागि तयारी गर्ने क्रममा महानगरपालिकाले अनशनरत समूहलाई स्थान खाली गर्न अनुरोध गरेको तर त्यसलाई अटेर गरेपछि हटाएको बताउनु भएको थियो ।















प्रतिक्रिया