काठमाडौ, १६ कात्तिक । दुई मात्र सन्तान इश्वरका वरदान भन्ने नेपाली उखान छ । विश्वका यस्ता धेरै मुलुक छन् जहाँ दुई भन्दा बढी बढी सन्तानलाई उचित मान्निन् । तर, टर्कीमा यस्ता एक व्यक्ति फेला परेका छन् ।
जो हालै मात्र ३२ औं सन्तानका बाबु बने । तीन ओटी श्रीमति रहेका ३२ औं सन्तानका बाबु हालित तकीनका लागि भने यस्ता भनाईको कुनै अर्थ छैन । उनी कम्तीमा पनि ५० बच्चा जन्माउने चाहनामा रहेका छन् ।
टर्कीमा बहुविवाह गैरकानुनी मानिन्छ । त्यसले पनि तकीनलाई छेकेन । ५४ वर्षका तकीन टर्कीको दक्षिणी प्रान्त हतायमा बस्छन् । उनको पहिलो पत्नीले हालै छोरा जन्माएकी छन् र उनको नाम अहमत राखिएको छ ।
उनी भन्छन्, ‘आज मेरो ३२ औं बच्चा भएको छ र उनीहरुमा १२ छोरा छन् । उनीहरु सबैलाई माया गर्छु । यदि स्वास्थ्यले साथ दियो र भगवानले दिए भने म यसलाई ५० पुर्याउन चाहन्छु ।’
हुर्रियत डेली न्यूजका अनुसार उनका तीन ओटै पत्नी अलग–अलग बस्छन् । अहिले उनीहरुको परिवार संख्या करिव ६० पुगेको छ ।
३२ सन्तान मध्ये पाँचवटा छोराले बिबाह गरिसकेका छन । उनी १८ नातिनातिनाका हजुरबा पनि हुन् । परिवार ठूलो भए पनि उनलाई परिवारका सवै सदस्यको नाम याद छ । एजेन्सी












प्रतिक्रिया