काठमाडौ, १६ कात्तिक । सार्वजानिक सवारी साधनमा चढ्ने यात्रुले आफू चढेको साधनका चालकले लापरबाही गरेर सवारी चलाए प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ ।
प्रहरी मुख्यालयले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै क्षमताभन्दा बढि यात्रुका साथै चालकले तीब्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको भन्दै त्यस्तो गरे प्रहरीलाई खबर गरिदिन यात्रुलाई अनुरोध गरेको आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
प्रारम्भिक अनुसन्धानबात शनिबार राती मकवानपुरको बसामाडीमा भएको दुर्घटनासमेत सवारी चालकको लापरबाहीका कारण भएको निश्कर्षपछि प्रहरीले यात्रुलाई आग्रह गरेको हो ।
ईलामबाट काठमाडौं आउदैं गरेको र काठमाडौंबाट जादैं गरेको बस एक अर्कामा ठोक्किदाँ दश यात्रुले ज्यान गुमाएका थिए ।
उक्त बसमा चढेका यात्रुले चालकलाई दुर्घटना हुनु ३ घण्टा पहिला देखी नै बसको गति कम गर्न अनुरोध गरेका थिए ।
प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजीपी) माधब जोशीले आफू चढेको सवारी साधनका चालकले लापरबाही तरिकाले सवारी चलाए प्रहरीलाई खबर गरिदिन आग्रह गरे । ‘धेरै जसो दुर्घटना चालकको लापरबाही र क्षमताभन्दा बढि यात्रु राखेका कारण भएको पाइयो,’ उनले भने ‘यात्रुले चालकलाई गति कम गर्न अनुरोध गर्दासमेत नगरे प्रहरीलाई खबर गरिदिए गाडी कुदिरहेको स्थान नजिकै रहेको प्रहरी चौकीले उक्त सवारी साधन नियन्त्रणमा लिनेछ ।’
मुख्यालयले प्रहरी परिचालन कक्षका ४ वटा ल्याण्डलाईन नम्बर सार्वजानिक गरेको छ । त्यसमा ०१ ४४१२७८०, ४४१२५४९, ४४१५५७९, र ४४१२७४८ नम्बर दिएको छ ।
यस्तै प्रहरी कन्ट्रोलको १०० नम्बरमा समेत खबर गरिदिन अनुरोध गरेको छ । त्योबाहेक मोबाईल नम्बर ९८४९०९११३९ नम्बरको मोबाइल र टोल प्रि नम्बर १६६००१४१५१६ सार्वजनिक गरेको छ ।
यी नम्बरहरु आफ्नो मोबाईलमा सेभ गरेर यात्राका क्रममा गति तीब्र बनाएर सवारी चलाए तुरुन्त खबर गरिदिन अनुरोध गरेको छ ।
प्रहरी प्रवक्ता जोशीका अनुसार पहिला पहिला राजमार्गमा हुने सुरक्षा चेकपोष्टले समेत दुर्घटना कम गराएको थियो ।
द्धन्दकाल सकिएसंगै राजमार्गमा हुने चेकिङ र चेक पोष्ट हटाइएपछि सवारी चालकले लापरबाही पुर्वक सवारी चलाएको उनको भनाई छ ।
‘त्यो बेला राजमार्गमा चेकपोष्ट राख्दा सवारी साधन गन्तब्यमा पुग्न ढिलाई भएको भन्दै हटाइएको थियो,’ उनले भने ‘चेकपोष्टहरु नभएका कारण सवारी चालकले बिना कसैको डर यात्रुको ज्यान जोखिममा राखेर सवारी चलाएको पाइयो ।’















प्रतिक्रिया