न्युयोर्क, १५ कात्तिक । नेपाली कांग्रेसको प्रबासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको सात वर्षपछि हुन गइरहेको केन्द्रीय अधिवेशनको नयाँ नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ ।
यही नोभेम्बर २२ र २३ मा टेक्सास राज्यको डल्लास शहरमा हुन लागेको अधिवेशनमा सभापति पदमा समितिका वर्तमान संयोजक विष्णु सुबेदी, नेपाली कांग्रेस महासमिति सदस्य आनन्द बिष्ट, पूर्व महासचिवद्वय डा अर्जुन बन्जाडे, कृष्ण लामिछाने र केन्द्रीय सदस्य प्रमोद सिटौलाको चर्चा छ ।
उपसभापतिमा पूर्वसंगठन विभाग प्रमुख तथा महासमिति सदस्य चित्रा केसी, समितिका केन्द्रीय सल्लाहकार नारायण थापा र केन्द्रीय सदस्य मुनिन्द्र नेम्बाङको चर्चा छ ।
त्यस्तै महासचिव पदका लागि केन्द्रीय सदस्य धनन्जय नरसिंह केसी र मेरिल्याण्ड च्याप्टरका निवर्तमान सभापति सुभाष घिमिरे मैदानमा देखिएका छन् ।
काँग्रेसको केन्द्रमा गुटैगुट भएकाले त्यसको प्रभाव स्थानीय तहमा पनि देखिने बताइएको छ । लामो समयदेखि फुट र गुटबन्दीको शिकार यस संगठनमा आपसी खिचातानी कै कारण अधिवेशन हुन सकेको थिएन । सम्मेलनको उदघाटनका लागि उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य अर्जुन जोशी नेपालबाट आउने बताइएको छ ।














प्रतिक्रिया