हेटौँडा, १५ कात्तिक । हेटौँडा नारायणगढ सडकखण्डको बस्तीपुरमा शनिबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा ९ नेपाली र एक विदेशी छन् । मृत्यु हुनेमा इलाक बरबोटे गाविस–४ का प्रवीणराज आचार्य, रसियन नागरिक दरिया माल्टाको, इलाम नगरपालिकाका वृज दाहाल, इलाम नगरपालिका–२ की शान्ता श्रेष्ठ, मिलन अधिकारी र रक्षा श्रेष्ठ, वडा नंं ४ की इला कार्की र तथा सुनसरी खनार गाविस–७ की देवीमायाँ लुइँटेल र रोशन भट्टको ठेगाना नखुलेको, आस्था नाम गरेको ठेगाना र थर नखुलेको रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट विराटनगर जान आइरहेको ना ४ ख ५४४८ नम्बरको रात्रि बससँग इलामबाट काठमाडौँ जान आइरहेको ना ५ ख ४८४१ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ३१ जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि भरतपुरस्थित चितवन शिक्षण अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौँबाट विराटनगर जाँदै गरेको बसका चालकले बस मालिक र यात्रुसँग बाटोमा वादविवाद गर्दै आएका थिए । सोही वादविवादका कारण बस दुर्घटनामा परेको घाइते यात्रुले बताएका छन् ।
















प्रतिक्रिया