३० आश्विन २०८३, शुक्रबार

शीर्ष नेताको मञ्च छोडेर नेपाल तल्लो रोमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepalकाठमाडौं, १५ कात्तिक । एमालेका औपचारिक बैठकमा शीर्ष नेताहरु माथिल्लो मञ्चमा  बस्छन् ।

पार्टीमा बरिष्ठ नेतादेखि पदाधिकारीसम्मका लागि त्यो स्थान सुरक्षित हुन्छ । तर शुक्रबार केन्द्रीय समितिको बैठक सुरु हुँदा मञ्च केही फरक  थियो, सधै अध्यक्षसँगै कुम जोडेर बस्ने नेता माधव नेपाल त्यहाँ थिएनन् ।

केन्द्रीय सदस्यहरु बस्ने तल्लो रोमा नै नेपाल बसेका थिए । महासचिव इश्वर पोखरेलले संधै बस्ने सिटमा नेपाललाई आउन संकेत गरे । तर नेपाल मञ्चमा उक्लेनन् ।  कारण थियो अध्यक्ष केपी ओलीप्रतिको असन्तुष्टि ।

अघिल्लो बैठकमा ओली समूहका एक केन्द्रीय सदस्यले नेपालको हैसियतमाथि प्रश्न उठाइदिएका रहेछन् ।

त्यसैको विरोध स्वरुप नेपालले मञ्च छोडेर तलै बसे । उनले अध्यक्ष ओलीको सम्बोधन सुने र आफूलेबोल्ने समय मागे ।

सुरुमै नेपालले तल्लो सिटमा बस्नुको  स्ष्टीकरण दिदै ओलीको कार्यशैलीप्रति गम्भीर असन्नुष्टीसहितको छ पृष्ठ लामो लिखित मन्तव्य दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

गत असारमा सम्पन्न नवौ महाधिवेशनमा पराजित नेता नेपालले आफ्नो लिखित मन्तव्यमा ओलीका यस्तै गतिविधि कामय रहे पार्टीमा विग्रह आउने सम्मको चेतावनी दिए ।

‘पेलेरै अगाडी जान चाहने अध्यक्षको प्रबृत्ति र उहाँलाई त्यसो गर्न उक्साउने उहाँका सहयोगीहरुको प्रयासले पार्टीमा गम्भिर विग्रह ल्याउने छ’ नेपालले भनेका   छन्, ‘अध्यक्षले नै गुटबन्दी गर्ने हो भने पार्टीमा गम्भिर संकट आइपर्नेछ । अन्याय, गुटबन्दी, पेलाई, षड्यन्त्र र पक्षपातकाविरुद्घ पार्टी व्यापी रुपमा स्वतः संघर्ष हुनेछ ।’

सहमतिका साथ अघि बढ्ने आफ्नो आग्रहलाई कमजोरी ठाने ुभयंकर भूलु चेतावनी पनि नेपालको छ ।

‘तपाईंले सातौं महाधिवेशनपछि र आठौं महाधिवेशनपछि अपनाएजस्तो धम्कीपूर्ण अभिव्यक्तिसहित हस्ताक्षर गराउँदै हिाड्ने जस्ता पार्टीमा विग्रह उत्पन्न गर्ने कार्य गर्नु भएको थियो । मैले त्यस्तो गरिरहेको  छैन’ नेपालले भनेका छन्, ‘सहमतिका साथ पार्टी चलाउनुस्, मेरो पुरै सहयोग रहने छ । मेरो यस भद्र आग्रहलाई कमजोरी ठानियो भने त्यो भयंकर भूल हुनेछ ।’

संघर्षबाट उत्पन्न हुने परिणामको जिम्मा अध्यक्षले लिनुपर्ने भन्दै नेता नेपालले गत महाधिवेशनपछि भएका निर्णहरुको गम्भिर समिक्षाको माग गरेका छन् ।

तीन महिनापछि पार्टीका मुख्य काममा केन्द्रित हुनेगरी सुरु भएको  तेस्रो केन्द्रीय समितिको शुक्रबारको पहिलो बैठकमा अध्यक्षले सम्बोधन गरे लगत्तै नेपालले समय लिएर ‘पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि  मेरो अपिल’ नामको आफ्नो लिखित दस्तावेज पेश गरेका थिए ।