२९ आश्विन २०८३, बिहिबार

उद्योग वाणिज्य महासंघको माइन्यूट प्रहरी नियन्त्रणमा, अध्यक्ष पाण्डे थप संकटमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pardeep-pandayकाठमाडौँ, १४ कात्तिक ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघको माइन्यूट नियन्त्रणमा लिएको छ ।

महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे अवैधानिक भन्दै परेको उजुरीका बारेमा महासंघलाई जवाफ दिन पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयको टोली शुक्रबार महासंघको सचिवालय पुगेको थियो ।

महासंघ पुगेको जिल्ला प्रशासन कार्यालयको टोलीले माइन्यूटको केही अंश र लिखित जवाफ लिइए बुझिएको छ ।

महासंघका अध्यक्ष पाण्डेलाई २२ वर्ष अगाडी खानेपानी संस्थानमा हुँदा अनियमितता गरेको ठहर गर्दै अदालतले जेल सजाय सुनाएपनि उनले पुरा समय जेल सजाय भुक्तान नगरेको भन्दै वरिष्ठ उपाध्यक्ष पसुपति मुर्राकालगायतले पाण्डेलाई  अवैधानिक मान्दै आएका छन् ।

भ्रष्टाचारी व्यक्ति महासंघको अध्यक्ष हुन नसक्ने उनीहरुको ठहर छ ।