अमेरिका । प्रवासी नेपाली समाज टेक्सासको अबिधेशनले गोकर्ण दाहालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा देवी (दिपक) प्रसाद पाण्डे, सचिवमा जीवराज बुढा, कोषाध्यक्षमा निरज तिम्सिना तथा सदस्यहरुमा नेत्र पाण्डे, चन्द्रमणि पाण्डे, मणि भण्डारी, तारा भूषाल, वेदनिधि दाहाल, रमेश पौडेल, उत्तम खड्का, मदन सिवाकोटी, राजेश अधिकारी, मनु तिम्सिना र मनिषा सिलवाल रहेका छन् ।
दुर्इ चरणमा सम्पन्न कार्यक्रमको पहिलोको कार्यक्रम प्रवासी नेपाली मञ्च टेक्सास अबिधेशन आयोजक समितिका संयोजक नेत्र पाण्डेको अध्यक्षता, प्रवासी नेपाली मञ्च अमेरिकाका केन्द्रीय उपाध्यक्ष जीवन जोशी तथा हेम सरिता पाठक फाउण्डेशनका संरक्षक हेम पाठकको प्रमुख आतिथ्यता र मञ्चका केन्द्रीय सदस्य प्रदिप तिम्सिनाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रवासी नेपाली मञ्चका केन्द्रीय सचिव कमल ओझाको स्वागत मन्तव्य तथा केन्द्रीय अध्यक्ष सञ्जय थापा, महासचिव प्रभु थापा र सल्लाहकार रुद्र अर्यालको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
कार्यक्रममा मञ्चका केन्द्रीय बुद्धिजीवि विभाग प्रमुख तथा ब्लड डोनर अफ अमेरिकाका केन्द्रीय सदस्य डा नन्द रेग्मी, मञ्चका केन्द्रीय अनुशासन विभाग प्रमुख जनक राना, केन्द्रीय सदस्य तथा नेपाली समाज टेक्सासकी उपसभापति श्रीमती यमुना भट्टराई, मञ्चका केन्द्रीय सल्लाहकार समितिका सदस्य कृष्ण भण्डारी, मञ्चका भुतपुर्व सल्लाहकार समितिका संयोजक तथा बुद्धिजीवि सीपी रेग्मीले मञ्चको टेक्सास अबिधेशन समिति तथा नयाँ कार्यसमितिलाइ शुभकामना दिदैँ मञ्चले गरेका राम्रा काम र प्रगति वारे प्रकाश पारेका थिए ।
यसैगरी मञ्चको दोश्रो चरणको कार्यक्रममा मञ्चका भुतपुर्व सल्लाहकार समितिका संयोजक सीपी रेग्मी र केन्द्रीय सचिव कमल ओझाको दुर्इ सदस्यीय निर्वाचन समितिले प्रवासी नेपाली मञ्च टेक्सासका सम्पूर्ण पदहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।














प्रतिक्रिया