३० आश्विन २०८३, शुक्रबार

पशुपतिलाई जतिबेलै निद्रा लाग्ने समस्या, कान पनि सुन्न बन्द, उपचार गर्न सिंगापुर प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Shumsher-rana

काठमाडौं, १४ कात्तिक । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा राम्रोसित कान नसुन्ने र बढी निन्द्रा लाग्ने समस्याका कारण गम्भीर बिरामी परेका छन् ।

रोगले बढी नै सताएपछि अध्यक्ष राणा उपचारका लागि सिंगापुर गएका छन् । उनले आफ्नो रोगबारे पार्टीका नेताहरुलाई जानकारी गराएका छैनन् । गत आइतबार उनी सिंगापुर गएका हुन् । सिंगापुरमा उपचार गरेर उनी आगामी आइतबार नेपाल र्फकँदै छन् । उनीसँगै उनकी पत्नी पनि सिंगापुर गएकी छिन ।

अध्यक्ष राणालाई लागेको रोगबारे राप्रपामा गुपचुप राखिएको छ । राणाले दुबै कानमा श्रवणयन्त्र जोडेका छन् । तर, तिनले पनि प्रभावकारी रुपमा काम नगरेपछि उनलाई कानको समस्याले झनै पिरोलेको हो । कानको समस्या बढेपछि यसको असरले उनलाई बढी निन्द्रा लाग्ने समस्या पनि थपिएको छ । केही समययता उनलाई दिउँसो पनि निदाउनुपर्ने बाध्यता आएको राणानिकट स्रोतले बताएको आजको राजधानी दैनिकमा खबर छ ।