३० आश्विन २०८३, शुक्रबार

कलेज सिफारिस नहुँदा चिकित्सा पढ्ने विद्यार्थी अन्यौलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctorकाठमाडौं, १४ कात्तिक । स्वास्थ्य मन्त्रालयले सिफारिस ढिलाइ गर्दा एमबिबिएस अध्ययनका निम्ति छात्रवृत्ति पाएका विद्यार्थी अन्योलमा परेका छन् ।

एमबिबिएस, बिडिएस र बिएस्सी नर्सिङ विषय पढ्ने तयारीमा रहेका करिब दुईसय विद्यार्थी अन्यौलमा परेका हुन् ।

यी विद्यार्थीले शिक्षा मन्त्रालयले २०७० पुसमा प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् ।

उनीहरुले साधारण र आरक्षित कोटामा अध्ययनको अवसर पाएका छन् ।

मन्त्रालयले अध्ययन गर्ने कलेज सिफारिस नगर्दा करिब दुई महिना पढाइ छुटिसकेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

विद्यार्थीले आफ्नो समस्यालाई लिएर नेपाल मेडिकल काउन्सिलल, शिक्षा र स्वास्थ्य मन्त्रालय धाइरहेका छन् ।