२९ आश्विन २०८३, बिहिबार

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि, यस्तो छ एजेन्डा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौँ, १३ कात्तिक । शुक्रबारदेखि बस्ने तय भएको नेकपा एमाले केन्द्रीय कमिटी तेस्रो पूर्ण बैठकमा छलफलका लागि मुख्य चारवटा कार्यसूची तय भएको छ ।

चार वटा कार्यसूचीमा स्थायी र पोलिटब्युरो सदस्यको चयन, कार्यविभाजन, भावी कार्ययोजना र केन्द्रीय कमिटी सदस्यमा मनोनयन रहेको एमाले सचिव एवं प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठक शुक्रबारदेखि एमाले मुख्यालय बल्खुमा बस्नेछ ।

एमालेको गत असार १९ देखि सुरु भएर साउन १ गते सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिना बितिसक्दा पनि स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयनलगायतको काम हुन सकेको छैन ।