२९ आश्विन २०८३, बिहिबार

बैँक खाता नभएपछि प्रधानमन्त्रीले हातमै बुझ्छन हातमै तलव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाको कुनै पनि बैंकमा खाता छैन ।

आग्रह गर्दा पनि उनले खाता नखोलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हातमै तलब दिने गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अन्य मन्त्री तथा मातहतका सबै कर्मचारीको तलब बैंकखातामा पठाउने गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

तर, प्रधानमन्त्री कोइराला र उनका स्वकीय सचिवालयका कर्मचारीको बैंकखाता नआएपछि हातमै तलब दिने गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

बैंकखाता नभएपछि व्यवस्थित रुपमा तलब पठाउन समस्या हुने कार्यालयका एक अधिकारीले बताए ।

ती अधिकारीले भने, ‘प्रधानमन्त्रीसहित स्वकीय सचिवालयका सबै कर्मचारीको खाता भए सीधै बैंकमा तलब पठाउन सकिन्थ्यो ।

खाता नखोलेपछि सबैको नाममा छुट्टाछुट्टै चेक काटेर दिने गरिएको छ ।’

हाल प्रधानमन्त्री कोइराला र स्वकीय सचिवालयका सबै कर्मचारीको तलबको छुट्टाछुट्टै चेक उनका प्रमुख स्वकीय सचिव वसन्त गौतमले बुझेर सबैलाई दिने गरेका छन् ।