३० आश्विन २०८३, शुक्रबार

मेलम्ची फेरि पनि समयमा नआउने भो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

melamchiकाठमाडौं, १२ कात्तिक । मेलम्ची खानेपानी समयमै उपत्यकावासीले पिउन पाउलान् ? मेलम्ची आयोजना समयमै बन्नेमा शंका गर्नुपर्ने अवस्था आएको छ ।

सरकारले असारदेखि दैनिक ४० मिटर सुरुङ खन्ने जनाएको पनि दैनिक २० मिट मात्रै खनिदैछ । सरकारले २०७३ वैशाख १ गते उपत्यकामा पानी झार्ने घोषणा गरिसकेको छ ।

आइतबार सुरङमार्ग निर्माणस्थल सुन्दरीजल निरीक्षण गर्न पुगेका सहरी विकासमन्त्री नारायण खडाले उपत्यकावासीले ०७३ बैशाख १ मा मेलम्चीमा खानेपानी उपत्यकामा पुग्नेबारे आशंका व्यक्त गरे ।

आयोजनाको अनुसार अझैं २० किमी मुख्य सुरुङ खन्न बाँकी रहेको समाचार आजको कान्तिपुरले छापेको छ ।

‘अहिले प्रगति देख्दा म नै खुशी छैन्, म कसरी भनौं सयममै उपत्यकावासीले खानेपानी पिउँलान् भनेर,’ उनले भने, ‘विभिन्न बहानामा काम ढिलाई हुंदैछ ।’ मेलम्ची खानेपानी आयोजनाका महानिर्देशक घनश्याम भट्टराईले सिन्धुली अडिटबाट मुख्य सुरुङमार्ग  खन्दा चट्टानले गर्दा काममा ढिलाई भएको  बताए ।

‘केही प्रगति चाहीं भएकै छ, तर सोचेजस्तो गर्न सकिएको छैन्,’ उनले भने, ‘भनेकै समयमै नभएपनि केही ढिलाई होला पानी उपत्यकामा आउँछ ।’

रात दिन काम गरेर भएपनि दैनिक ४० मिटर सुरुङ  खन्ने उनको भनाई छ । ‘तीव्र गतिमा काम अघि बढे १७ महिना भित्र राजधानीबासीले मेलम्चीको पानी पिउछन्, उनले दाबी गरे । केही मेसिन ल्याउन बाँकी रहेको भन्दै उनले कामको गति बढाइने दाबी गरे ।

गत साउनदेखि इटालियन कम्पनी सीएमसीले नयाँ ठेक्का पाए पनि दक्ष कामदार अभावले सुरुङमार्ग निर्माणमा ढिलाई भएको ठेकेदार पक्षको भनाई छ । भट्टराइले नयाँ ७ किलोमिटर मुख्य सुरुङमार्ग खनिसकेको बताए ।

ग्यालथुङ अडिटको माथिल्लोरतल्लो,  सिन्धु अडिटको माथिल्लोर तल्लो, सुन्दरीजलमा करिब तीन किलोमिटर बढी सुरुङ खनिसकिएको छ ।

केही दिनभित्रै अम्बाथान अडिटबाट पनि काम सुचारु गरिने उनको भनाई छ ।

आयोजाको लागत ७ अर्व २७ करोड रुपैयाँ हो । मन्त्रीले खडाले निर्माणधीन कम्पनी र कर्मचारीलाई यो राष्ट्रिय गौरव महत्वको आयोजना चाँडो सम्पन्न गर्न निर्देशन समेत दिए ।

जम्मा २७ किमी मध्ये मुख्य र अडिट सुरुङमार्ग गरी करिब साढे ६ किमि सुरुङ खन्ने काम यस अघि चिनियाँ ठेकेदार चाइना फिफटिन रेल्वे ब्युरोले गरेको थियो ।

सन् २०१३ को सुरुमै सुरुङ सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदारको अत्यन्त सुस्त कार्यप्रगतिका कारण सरकारले गत कात्तिकमा उसँग सम्झौता रद्द गरेको थियो ।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने योजना छ ।

त्यसका लागि सीएमसीलाई ठेक्का सम्झौतामा ढिलोमा ३६ महिनाभित्र सुरुङ र इन्टेक निर्माण गरिसक्नुपर्ने समयसीमा दिइएको छ । दैनिक साढे ८ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा संरचना निर्माण सुरु भइसकेको छ ।