बिष्णु सापकोटा
बेल्जियम । चहलपहल नेपाली यूवा समूह बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन शहरमा अवस्थित हेबरली स्टडीयममा सेभेन ए साईट यूरोप स्तरीय एक दिवसीय फूटबल प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली दुताबास बेल्जियमका राजदुत राममणि पोख्रेलले मैदानबाट बल प्रतियोगी खेलाडीलाई दिई प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । खेल शुरु पुर्व छोटो औपचारिक कार्यक्रम अन्तर्गत प्रमुख अतिथिले आफ्नो आसनबाट बोल्दै यूरोपका विभिन्न देश बाट आएका प्रतियोगीलाई शुभकामना दिनुभएको थियो । प्रवासमा रहेर पनि प्रतियोगीहरुको उल्लाहास पूर्ण उपस्थितिले आफुलाई हार्षित तुल्याउनुको साथै यस्ता कार्यक्रमहरुले एकतामा बाध्ने काम गर्ने भन्दै उहाँले आयोजकलाई बिशेष धन्यबाद दिनुभयो ।
यसैगरी चहलपहल यूवा समूहका संयोजक प्रकाश केसीले सहभागी टीम लगाएत सम्पूर्ण सहयोगदाताहरुलाई बिशेष धन्यबाद दिदै आफ्नो संस्थाले बेल्जियममा नेपाल र नेपाली भाषा, सस्कृति लाई जगेर्ना गर्न युवाहरुका माझ विभिन्न कार्यक्रम हरु गर्दै आएको र फूटबल प्रतियोगिताले पनि सबै नेपाली यूवाहरुलाई जोड्न अर्थात एकताबद्ध गर्न सकिने बताउनुभयो । उहाँले आगामी समयमा पनि यस्तै कार्यक्रमहरुको आयोजना गर्दै जाने तथा भविष्यमा पनि यसैगरी सबैको सहयोग र सद्भावको अपेक्षा रहेको बताउनुभएको थियो ।
प्रतियोगितामा बेल्जियम लगाएत लक्जम्वर, नेदरल्याण्ड, जर्मनी मध्ये टीम एनबि जुनिएर, एनएफसी यूनियन, एफसी एभरेष्ट ह्वाईट, एनवाईएफसी लक्जम्वर, नेपाली ड्रीम टीम, एनबीवाईसी, एभरेष्ट ब्लु, अन्नपूर्ण ब्रसेल्स, ट्रिनिटी, चहलपहल जुनियर्स, टीम आन्त्रोपेन, जीएनएफसी जर्मनी, एनएफसी पाण्डव, पोख्रेली ब्वाईज, चहलपहल एफसी गरि कुल पन्ध्र प्रतियोगीहरुले खेलमा सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय क्रमशः जीएनएफसी जर्मनी, चहलपहल एफसी, नेदरल्याण्ड भएका थिए भने प्रथम पुरस्कार ट्राफी नगद यूरो ८०० सहित मेडल, द्वितीय पुरस्कार नगद यूरो ५०० सहित मेडल र तृतीय पुरस्कार मेडल सहित नगद यूरो ३०० प्राप्त गरेका थिए । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी नेदरल्याण्डका दीपकले टप स्कोररको रुपमा मेडलसहित ट्रफी प्राप्त गर्नुभयो । प्रतियोगितामा सहभागी टिम लगाएत सम्पूर्ण खेलाडी हरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
प्रतियोगितालाई सफल बनाउनका लागि विभिन्न व्यक्तिहरुले आर्थिक तथा अन्य सहयोग गरेका थिए । चहलपहल यूवा समुह बेल्जियमले आफ्नो स्थापना कालदेखिनै बेल्जियमलगाएत यूरोपका नेपाली यूवाहरुको माझ नेपाल र नेपालीलाई चिनाउने विभिन्न नेपाली भाषा,सस्कृति कार्यक्रम लगाएत चहलपहल अनलाईन रेडियोसमेत संचालन गर्दै आएको छ ।

















प्रतिक्रिया