२९ आश्विन २०८३, बिहिबार

यूएईमा प्रवासी नेपालीले सांस्कृतिक देउसीभैलो खेले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उत्तम अधिकारी

आबुधाबी ।  प्रवासी नेपाली मंच यूएईले २०७१ सालको दीपावलीको अवसरमा यूएईमा सांस्कृतिक देउसीभैलो खेलेको छ ।गत शुक्रवार र शनिवार २ दिन आयोजित उक्त घरदैलो देउसीभैलो कार्यक्रममा मंचको देउसीभैलो टोलीले यूएईका लागि नेपाली राजदुतको निवासदेखि बिभिन्न समाजसेवी, व्यवसायी तथा मंचका सदस्यहरुको निवासमै पुगेर देउसी खेलेको हो।

मंचका अध्यक्ष प्रकाश कोइराला, उपाध्यक्ष तथा कार्यक्रम संयोजक गिरमान थापा, महासचिव उत्तम अधिकारी, सचिव भेसराज ढकाल लगायतका पधाधिकारी र सदस्यहरु तथा शुभचिन्तकहरु सम्मिलित २५ जनाको समुहले जमेरै सांस्कृतिक देउसी खेलेका हुन् ।

दौरा शुरुवाल र ढाका टोपीमा सजिएका जीवन परियार, निश्चल श्री र राजेश श्रेष्ठ तथा नेपाली मौलिक गुन्यु चोलोमा सजिएका मनु थापा मगर र छुसनमाया तामांगको सामुहिक नृत्यले नेपालमै हुनेगरेको देउसीभैलोको झल्को दिएको थियो । त्यसैगरी नेपाली पहिरनमा खुलेर सरस्वति न्यौपानेद्वारा प्रस्तुत आकर्षक मौलिक नृत्यलाई सबैले तारिफ गरेका थिए ।

शुक्रवार बिहान आबुधाबीको ग्रीनलाइन ट्राभलबाट शुरु भएको उक्त देउसीभैलो यात्रा नेपाली राजदुत धनन्जय झाको निवास, आबुधाबीको साबियामा रहेको एभरेष्ट पोइन्ट रेस्टुरेन्ट, आबुधबिकै आइकाडमा रहेको समाजसेवी भिमनारायण श्रेष्ठको काठमाण्डौ रेस्टुरेन्ट, साबियाकै हिमालय रेस्टुरेन्ट हुँदै दुतावासका द्वितीय सचिव कृष्ण अर्यालको निवासमा पुगी आफ्नो प्रस्तुति देखाएको थियो ।

शनिवार साँझबाट बर दुबईको सिल्भर स्पुन रेस्टुरेन्ट, ब्यबशायी गोपी भुसालको निवास, नमस्ते ट्राभल्स, ब्यबशायी होम रानाभाटको नेपाली कपडा पसल, नेपाली रेस्टुरेन्ट, काठमाण्डौ हाइल्याण्ड रेस्टुरेन्ट र समाजसेवी बिदुर न्यौपानेको निवासमा देउसी खेलिएको थियो ।

त्यसैगरी यूएईको अर्को राज्य शारजाहमा समाजसेवी टिकादत्त शिवा, ब्यबशायी कृष्ण प्रसाद भट्टराईको निवास हुँदै मंचका अध्यक्ष कोइरालाको निवासमा पुगी राती अवेर उक्त देउसीभैलो यात्राको अन्तिम प्रस्तुति गर्दै कार्यक्रम समापन गरिएको थियो ।

उक्त देउसीभैलो यात्राका क्रममा कलाकार कमल कार्कीको गायन, शिव परियारको भैलो भट्याई, कलाकार इन्द्र गुरुङ तथा मंचका सदस्यहरु कृष्ण अर्याल, भूपति न्यौपाने, दिपक राउत लगायतको आकर्षक नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

मंचले कार्यक्रम सफल पार्नका निमित्त अहोरात्र खटिएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, कलाकारहरु, समर्थक तथा शुभचिन्तक र देउसी टिमलाई न्यानो स्वागत तथा सम्मान गरेकामा बुद्धिजीवी,समाजसेवी तथा ब्यबशायीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।