काठमाडौँ, ११ कात्तिक । डक वर्थ लुइस पद्धती अनुसार नेपाल अमेरिकाविरुद्ध १० रनले विजयी भएको छ ।
यो जितसँगै नेपाल शीर्ष स्थानमा उक्लिएको छ । जितका लागि २२४ रनको लक्ष्य पछ्याएको नेपालले वर्षा हुनुअघिसम्म २२ ओभर खेल्दै १ विकेट गुमाएर ७३ रन बनाएको थियो । नेपालका लागि अविजित ४९ रन बनाएका सुवास खकुरेल म्यान अफ दि म्याच घोषित भएका छन् । नेपालले जितेपछि नेपाली समर्थक खुसी मनाउँदै छन् ।
















प्रतिक्रिया