२९ आश्विन २०८३, बिहिबार

मोदी जनकपुर हुँदै काठमाडौं आउने, लुम्विनी घुम्दै फर्किने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi

काठमाडौँ, ११ कात्तिक । सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको रुट तय भएको छ ।

काठमाडौमा मंसिर १० र ११ गते हुन लागेको शिखर सम्मेलनमा भाग लिन मोदी नेपाल आउन लागेका हुन् । विशेष विमानबाट मोदी दिल्लीबाट मंसिर ९ गते सिधै जनकपुरधाम आउने बताइएको छ । जनकपुरमा राम जानकीको दर्शन गरेपछि त्यही दिन काठमाडौँ आउने कार्यक्रम छ । नेपालमा रहँदा शिखर सम्मेलनमा भाग लिनुका साथै नेपालको संविधान निर्माणको विषयमा प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी, मंसिर १२ गते काठमाडौंबाट भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ । मोदी त्यहीँबाट काठमाडौ नआई दिल्ली जानेछन् । मोदीको चाहना अनुसार भारतीय विदेश मन्त्रालयले यो रुट तय गरेको हो । यसबारे भारतीय विदेश मन्त्रालयले नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।

मोदी आउने भएपछि अहिलेबाटै जनकपुर र लुम्बिनी क्षेत्रमा सुरक्षा व्यवस्था थप व्यस्थित बनाउन थालिएको छ ।