विकासराज न्यौपाने
टेक्सास । अमेरिकाको टेक्सासमा नेपाल नेवाः एसोसियसनको आयोजनामा सामुहिक म्हः पूजा तथा नया वर्ष कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ बर्ष ११३५ को अबसरमा सम्पूर्ण नेपालीलार्इ एसोसियशनका तर्फबाट शुभ कामना व्यक्त गरिएको थियो । उक्त कार्यक्रम अर्विंगस्थित भियतनामी बुद्धिस्ट मन्दिरको हलमा भएको थियो ।
कार्यक्रमको सञ्चालन प्रमेश श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा म्हः पूजाको मण्डप पूजाको शुरुवातदेखि अन्तसम्म सबै बिधिको बिस्तृत बयान अंग्रेजी, नेपाली तथा नेपाल भाषामा अनुबाद समेत गरिएको थियो ।
कार्यक्रममा अमेरिकामा जन्मेका केटाकेटीदेखि अमेरिकन पाहुनाहरुले समेत सो कार्यक्रममा रमाइलो अनुभव गरेका थिए ।
ज्ञानेश्वर अमात्यको ‘नेपाली त’ नेवा गीतले कार्यक्रममा रमाइलो थपेको थियो ।
एशोसियसनका कजी राम गमाल, स्वयम्भू शाक्यलगायत कार्यक्रम सफल भएकोमा दङ्ग देखिनुहुन्थ्यो । तस्वीर स्वयम्भु शाक्य













प्रतिक्रिया