३० आश्विन २०८३, शुक्रबार

प्रेमिकासँग टुट्यो पारसको सम्बन्ध, प्रेमिकाकै षड्यन्त्रबाट पक्राउ परेको अनुमान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-Shah-girlfriend

काठमाडौं, १० कात्तिक । पूर्वराजा ज्ञानेन्द्रका परिवारले पूर्वयुवराज पारस शाहलाई नेपालमा नल्याई थाइल्यान्डको राजधानी बैंकको पुनःस्थापना केन्द्र ९सुधार गृह० मा राख्ने गृहकार्य अघि बढाएको छ । थाई अदालतमा १० लाख भाट धरौटी राखी केही दिनअघि मात्र प्रहरी हिरासतबाट मुक्त भएका पारसलाई उपचारका लागि बैंककमै पुनःस्थापना केन्द्रमा राख्ने निष्कर्षमा निर्मल निवास पुगेको हो ।

अवैध लागूऔषध सेवन गरेको अभियोगमा गत महिना उनी थाइल्यान्डको रुङखाईमा पक्राउ परेका थिए । नेपालमा ल्याउँदा उनी फेरि दुव्र्यसनमा फस्न सक्ने भएकोले भाइल्यान्डमै पुनःस्थापना केन्द्रमा राख्ने तयारी परिवारले गरेको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

पारसलाई तत्काल नेपाल ल्याउने सोच ज्ञानेन्द्र परिवारले त्यागिसकेको छ । उनलाई भेट्न जाने सोच पनि पूर्वयुवराज्ञी हिमानी र पूर्वराजकुमारी प्रेरणाले त्यागिसकेकी छन् । सुधार केन्द्रमा राखेपछि मात्र हिमानी र प्रेरणा बैंकक जाने भएका छन् ।

यता, पारसकी प्रेमिका अझैसम्म उनको सम्पर्कमा आएकी छैनन् । आफु पक्राउ पर्नुमा प्रेमिकाकै षड्यन्त्र भएको अनुमान पारसले गरेका छन् । प्रेमिकासहित उनको सम्बन्ध पूर्ण रुपमा टुटिसकेको छ । प्रेमिकासँग उनको सम्बन्ध टुटेपछि पारस अब सजिलै नेपाल फर्कने अनुमान परिवारले गरेको छ ।