३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री कोइराला नियमित कार्यालय जाँदैनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौं, १० कात्तिक । कुनै एक कर्मचारी कार्यालयमा नियमित उपस्थित नुहाँदा त सेवा प्रवाहमा गम्भीर असर पर्छ भने शासनको बागडोर सम्हालेका प्रधानमन्त्री नै राज्य सञ्चालनका नियमित गतिविधिमा समेत संलग्न नहुँदा त्यसले राज्य व्यवस्थामा कस्तो असर पर्ला ?

कर्मचारीहरु नियमित कार्यालय गएर काम नगर्दा सरकारी काम प्रभावकारी हुन नसकेको भन्ने आरोप आइरहेका बेला प्रधानमन्त्री समेत नियमित कार्यालय गएको पाइँदैन। प्रधानमन्त्री सुशील कोइराला पार्टीको कामाका कारण नियमित कार्यालयमा उपस्थित हुदैनन् ।

तर प्रधानमन्त्री नियमित कार्यालय जाने र कार्यालय जान नपाएपनि बाहिरैबाट निर्देशन दिने भएकाले त्यसवाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका काममा कुनै असर नपरेको सो कार्यालयको दाबी गरेको समाचार आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ।

मुख्य सचिव लीलामणि पौडेल प्रधानमन्त्री कहिलेकाँही पार्टीको कामले कार्यलय आउन नभ्याएपनि उहाँले घर, पार्टी कार्यालय वा अन्य ठाउँबाट गर्नु पर्ने काम गरेकाले कुनै पनि काम नरोकिएको बताउँछन् ।