काठमाडौँ, ९ कात्तिक । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पछिल्लो ताजा प्रतिवेदन अनुसार इबोला भाइरसबाट संक्रमित हुनेको संख्या दश हजार नाघेको छ ।
दश हजार १ सय ४१ जनामा यस भाइरसको पुष्टि भएपनि अझै बढी व्यक्ति यस रोगबाट संक्रमित हुनसक्ने उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
डब्ल्यूएचओका अनुसार अहिलेसम्म यस रोगबाट ४ हजार ९ सय २२ जनाको मृत्यु भइसकेको छ ।
बढी प्रभावित पश्चिम अफ्रिकाको सिएरालियोन, लाइबेरिया र गिनीबाहिर १७ जनामा यो संक्रमण देखिएको छ भने १० जना मारिएका छन् ।
लाइबेरियामा सबैभन्दा बढी २७ सय पाँच, सिएरालियोनमा १२ सय ८१ तथा गिनीमा ९ सय २६ जना मारिएका छन् । मालिमा पनि दुई वर्षीया एक बालिकाको मृत्यु भएको छ ।













प्रतिक्रिया