२९ आश्विन २०८३, बिहिबार

रौटहटमा ग्यासको कालोबजारी, प्रशासन मौन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gas-cylenरौतहट, ९ कात्तिक ।  रौतहटका विभिन्‍न बजार क्षेत्रमा ग्यासको अभाव भएको एक महिना बित्न लाग्दा पनि त्यसको सहज आपूर्ति हुन सकेको छैन ।

ग्यासको अभाव भएपछि चन्द्रनिगाहपुरलगायत विभिन्न क्षेत्रमा रहेका कतिपय ग्यास डिलरले कृतिम आभाव सिर्जना गरी कालोबजारी गर्दै आएको सर्वसाधारणले गुनासो गरेका छन्।

चन्द्रनिगाहपुर, गरुडा तथा गौर क्षेत्रमा एक महिनायता खाना पकाउने ग्यासको कालोबजारी व्यापक मात्रामा बढेको छ। यसबारे स्थानीय उपभोक्ताले पटकपटक गुनासो गर्दा पनि स्थानीय प्रशासन मौन रहँदै आएको छ।

रौतहटमा करिब एक दर्जनभन्दा बढी ग्यास कम्पनीका डिलर रहेका छन् भने अधिकांश डिलरमा दैनिकरुपमा ग्यासको आपूर्ति पनि भइरहेको छ।

तर उनीहरुले ग्यासको बिक्री वितरण पसलबाट नगरेर घर वा अन्य गोदामबाटै कालोबजारी गर्ने गरेका छन्। डिलरहरुले प्रतिसिलिण्डर रु दुई हजारदेखि दुई हजार ५०० सम्म चर्को मूल्य लिने गरेको सर्वसाधारणले गुनासो गरेका छन्। रासस