२८ आश्विन २०८३, बुधबार

पश्चिम अफ्रिकामा इबोलाका हजारौँ खोप चाहिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

What-is-Ebolaजेनेभा, ८ कात्तिक । हालैका दिनमा जन स्वास्थ्यको सबैभन्दा जटिल समस्याका रुपमा देखा परिरहेको इबोलाको खोप आगामी वर्ष अर्थात सन् २०१५ सम्ममा पश्चिम अफ्रिकामा मात्र सयौँ हजार आवश्यक पर्ने बताइएको छ ।

सन् २०१५ को मध्यतिरबाटै आम रुपमा यो खोपको उत्पादन भइसक्नुपर्ने भन्दै यसको सर्वसुलभताका लागि विश्व स्वास्थ्य संगठनले जोड दिएको हो ।

अहिले पनि पश्चिम अफ्रिकी देशहरुमा यसको आवश्यकता रहेको छ भन्दै आगामी दिनमा यसको आवश्यकता झन बढ्दै जाने अवस्था देखिएको पनि सो संस्थाले जनाएको छ ।

हालैमात्र अमेरिकामा यसको प्रकोप देखा परिरहेको छ । यसका कारण न्युयोर्कमा एकजना नयाँ बिरामी अस्पताल भर्ना भएका छन् भने मालीमा यसका कारण एकजनाको ज्यान गएको छ ।

शुक्रबार प्राप्त एक समाचारअनुसार मालीमा यसको प्रकोपबाट एकजना बालिकाको ज्यान गएको जनाइएको छ । सो प्रकोपबाट एक दुई वर्षे बालिकाको ज्यान गएको हो ।

संगठनले आगामी वर्षको मध्यतिरैबाट यस सङ्क्रमणको सयौँ हजार खोपको आवश्यकता परिसक्ने भनेको छ ।

पश्चिम अफ्रिकी देशहरु गयुना, सियरालियोन, लाइबेरियाबाट यसको प्रकोप सुरु भएको मानिन्छ । ती देशमा अहिलेसम्ममा सयौँ नागरिकको ज्यान गइसकेको छ ।

यस रोगबाट आजसम्ममा करिब पाँच हजारको ज्यान गइसकेको छ । ती र विश्वका अन्य देशहरुमा समेत गरी यसको सङ्क्रमणको कारण चार हजार ९०० भन्दा बढी मारिएका छन् ।

विश्व स्वास्थ्य संगठनले केही दिनमात्र अघि प्रकाशन गरेको एक तथ्याङ्कअनुसार यस सङ्क्रमणबाट मृत्युहुने व्यक्तिको सङ्ख्या चार हजार ९०० नाघिसकेको जनाइएको छ ।

विशेषगरी पश्चिमी अफ्रिकी देशहरुमा ठूलो महामारीको रुप लिइरहेको इबोला भाइरसले अक्टोबरको अन्तिम सातासम्ममा विश्वका चार हजार ९०० भन्दा बढी नागरिकको ज्यान लिइसकेको छ ।

यो सङ्क्रमण अमेरिका, युरोप तथा विश्वका कतिपय स्थानमा देखिइसकेको छ । यसबाट सबैभन्दा बढी पीडित अफ्रिकी देशहरु नै रहेका छन् ।

यो सङ्क्रमण युरोपमा प्रवेश पाएसँगै विश्वव्यापी रुपमा आतङ्क नै मच्चिएको छ । चिकित्सा अधिकारीहरुले इबोला विश्वमा एड्सपछिको अर्काे ठूलो खतरनाक सङ्क्रमण भएको बताइरहेकै बेला विश्व स्वास्थ्य संगठनको यो भनाई आएको हो ।

चिकित्सकहरुले यसको सङ्क्रमण थप बढ्नसक्ने भन्दै विशेष सतर्कता अपनाउन विश्वका देशहरुसँग आग्रह गरिरहेका छन् । अस्पतालमा बिरामी भर्ना गर्न पनि चिकित्सकहरु डराइरहेका छन् । – एएफपी