२८ आश्विन २०८३, बुधबार

कुकुरको नाम परिवर्तन गर्ने कि !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-thapa

कुकुर तिहार लगतै मैले कुकुरलाई औधी सम्झेँ। आफूले कहिले पनि कुकुरलाई स्नेह दिन सकिन मेरो कमजोरी रह्यो । किनभने हाम्रो परिवारमा कुकुर पाल्ने शौख हाम्रा पुर्खादेखि हालका पिढीहरुसम्मलाई त्यति अभिरुचि भएको देखिन । सात बर्ष देखि मुलुक बाहिर छु । यो आज्ञाकारी कुकुरप्रति ज्यादै श्रद्धा बढेर आउँदैछ, किनभने वातावरणले सायद त्यसो बनाई दिएको हुनुपर्छ ।

कुकुर बोल्न सक्दैन तर भुक्न सक्छ । कुकुर बोल्न नसकेको कारण हजारौ हण्डर खानु परेको छ । कुकुरलाई भैरवको वाहन मानिन्छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर भएकोमा बर्षको तिन सय पैसट्ठी दिनमा एक दिन भए पनि नेपाली समुदायले खोजी खोजी पुजा गरिन्छ ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । बर्षको एक दिन पुजिने कुकुरलाई बर्षभर औसतमा हेपिने, कुटिने, घटिया दृष्टिले हेरिने र तुच्छ भनेर नाम काढिने गरिन्छ । मैले भन्नु पर्दा मलाई यस्तो ब्यबहार मन परेको छैन । घोर बिरोध र आपत्ति छ ।

नेपाली समाजले कुकुर भनेर सम्बोधन गर्दा चित्त दुख्ने भएको छ । कुकुरको नाम परिवर्तन गर्न भाषाविद र सभासदहरु सम्मलाई अपिल गर्न मेरो प्रयास हुनेछ । किनभने हामीले कुकुरलाई अधिकांशले कहिले पनि राम्रो दृष्टि कोणले हेरेनौ । मुखमा कसैलाई गाली दिनुछ भने फलाना कुकुर हो, तँ कुकुर, कुकुरको दशा पाएछ भन्ने नेपाली थेगोले कुकुर जातिलाई बदनामी गरेको छ ।

कुकुर नाम हटाई अन्य नाम राख्न पाए अहिले उ जति बद्नाम छ त्यति हुँदैन थियो कि भन्ने मलाई लागेको छ । किनभने नेपालको झन्डा त झन्डै परिवर्तन भैसकेको अवस्थामा जनावरको नाम भाषाविदको सिफारिसमा संसदबाट कतै नाम संसोधन पनि हुन् सक्ने अवस्था हुन् सक्छ भन्ने लागेको छ ।

यो कुरामा घोत्लियौ भन्ने कुकुरको नाम परिवर्तन गर्न सक्यौ भने कुकुरको लागि ठुलो कल्याण हुने थियो । बिश्वमा कसैले पनि कुकरको पक्षमा वकालत नगरेकोले अमेरिका आफु बसोबास गर्दै आएकोले नेपाल सरकार सम्म पुग्दछ कि भन्ने ठानेको छु ।

के कुकुर साँच्चिकै बदनामी जनावर हो या मनुष्यले यसलाई यस्तो बनाई दिएको हो ? यक्ष प्रश्न समाजबाट आउनु पर्छ भनें मेरो मान्यता छ ।

प्रजातन्त्र सबैलाई लागेकोले यदि प्रतिबाद गर्न कुकुरले सक्ने भए चोक्टा निकालेर होस् ठेगानामा ल्याई दिन्थ्यो तर जनावर हो, तल्लो दर्जामा राखिएकोले म असन्तुस्ट छु । साँच्चै भन्ने हो भने कुकुर शब्दसंग म नफरत गर्दछु, किनभने किन यसको नाम कुकुर नामकरण गरिएको होला भन्ने मेरो मानसपटलमा धेरै कुराहरु उब्जिन्छ ।

जनावरमा सुँगुरपछि माथिल्लो दर्जामा कुकुर आउँछ किनभने कसैलाई नराम्रो भन्नु पर्यो भने पहिला सुँगुर भनिदैन यदि मोटो छ भने मात्र त्यसो भनिन्छ नत्र कुकुर तँ गइ हाल आदि ईत्यादि तुच्छ सम्बोधनको साथ कुकरकै नाम लिईन्छ । किन अरु जनावरको नाम लिएर गाली गरिदैन किनभने कुकुर आज्ञाकारी छ । नजिकको तिर्थ हेला भनेजस्तै ऊ सधै हामी संग छेउछाउमा हुने हुनाले कुकुरलाई हेपिन्छ । दरिद्र तथा तुच्छ जनावरको रुपमा चित्रण गर्न नहुने आफु लाई लागेको छ ।

नेपालमा कुकुर बौलाउँछ र मानिसलाई टोक्छ भनि नगरपालिकाले भुस्याहा कुकरलाई नियन्त्रण गर्न मासुमा बिष हाली मार्दै भुसको बोरा फ्याकेको झैँ गाडीमा हाली खाडलमा पुरेको दिन अहिले जस्तो लाग्दछ । उक्त क्षण सम्झदा अहिले पनि दिक्क लाग्दछ । म त्यसको प्रत्यक्षदर्शी हुँ ।

कुकुरको के दोष छ ? पटकपटक हामी उसैको नाम लिन्छौ । अन्य जनावरको अत्यन्तै कम लिने गरेका छौ । कसैसंग रिस पोख्नु छ, कुकुरसंग बोल्नु हुदैन, कुकुरले भुकी रहन्छ, कुकुर स्वभावको छ त्यो…. आदि / ईत्यादी गाली घुमीफिरी उसैको लिइन्छ । मायाले उसको नाम लिइएको हो या काम नलाग्ने भनि लिइएको हो ?

बरु एक सय आठ जप गर्न सक्यौ भने धार्मिक दृष्टिकोणले फलिफाप हुन्छ तर आफनो लागि बफादार गर्ने कुकुरको नाम नकारात्मक दृष्टिले लिदा झन् कुरा बिग्रने हुन्छ । झगडा पर्यो कुकुर, दुस्मनलाई सम्झयो कुकुर, काम बिग्रियो कुकुर, समयमा घर आएन कुकुर, राजनैतिक दलमा झगडा पर्यो त कुकुर, पैसा समयमा दिएन कुकुर, सराप्नु पर्यो कुकुरको दुख पाउने छस र टुडिखेलमा कुकुरहरु भुक्दै थिए आदी ईत्यादी । हजारौ गाली एक घर पालुवा र मानिसको घनिष्ट साथीलाई अविरल रुपमा गालि दिनुको सट्टा राम नाम जप्न सके मानव जातिको कल्याण हुने थियो ।

अब यो तुरुन्तै बन्द गर्नु पर्छ नत्र घरमा पनि पाल्ने र मानिसलाई कुकुरसंग तुलना गर्नु उचित हुदैन । यसरी कुकुरसंग दुस्मनी नलिन हुन् अपिल गर्ने भएको छु ।

नेपाली चलचित्र तथा हिन्दी चलचित्रमा अत्यन्तै तुच्छसंग प्रयोग हुने शब्दले म निराश भएको छु । नेपाली चलचित्रमा ‘तँ कुकुर होस्’, ‘तँ कुकुरहरु’ भन्ने सम्बाद निक्कै सुनेको छु । हिन्दी चलचित्रका नायक धर्मेन्द्रको सबैभन्दा मन पर्ने गाली नै हिन्दीमा भन्नुपर्दा ‘कुत्ते कमिने’ भन्ने गर्छन र उनले जति पनि चलचित्र गरेका छन् कुकुरको नाम जोडेकै छ्न ।

उनले भन्दा पनि चलचित्र निर्देशकले दिएको सम्बाद हुनुपर्छ तर उनको मन पर्ने शब्द भएकोले उनले आफै कुकुर भन्ने गरेका होलान भन्ने लागेको छ । धर्मेन्द्रको कारण दक्षिण एसियाली देशमा नै कुकुर भनेको निच जनावर भएको ठानिन्छ जस्तो लागेको छ । हलिवुडमा कुनै पनि नायकले गाली गर्दा नराम्रा शब्द प्रयोग गर्दछन तर कुकुरलाई हामी जस्तै गरि बीचमा ल्याई ‘तँ कुकुर होस्’ या कुकुरको नाम लिएर गाली दिदैनन किनभने उनीहरु कुकुरलाई परिवार जस्तै ठान्दछन ।

अब कुकुरको लागि हिजोको दिन रहेन, उसप्रति स्नेह र ममता दिनहुँ दिन बढी रहेको छ । पहिला पहिला जस्तै कुकुरहरुको अवस्था फेरिएको सुनेको छु । यो राम्रो कुरा सुन्न पाएकोमा हर्ष लागेको छ । यसैगरी दृष्टिकोण परिवर्तन हुँदै जाओस ।

स्मरण रहोस मानिस भन्दा पहिला चन्द्रमामा पुग्ने पनि लाईका नामक कुकुर थियो । भर्खरै अमेरिकी राष्ट्रपति बाराक ओबामा बस्ने सेतो घरमा फलामे तगारो नागी भित्र जबर्जस्ती पस्ने व्यक्तिलाई त्यही कुकरले झम्टि चित खेलाए पछि प्रहरीले पक्राउ गरेका थिए ।

त्यसैले अब कुकुरको नाम कसरी फेर्न सकिन्छ भन्नेतिर हामी लाग्ने बेला आएको छ । कुकुर भनेपछि चीनको पान्डा जस्तो गरी स्नेह दिन सक्नुपर्ने बेला आएको छ । अब त्यतातिर लाग्ने कि ?