नुवाकोट, ७ कात्तिक। काठमाडौंबाट रसुवा जाँदै गरेको यात्रुबाहक बस नुवाकोटको बेलकोटमा दुर्घटना भएको छ । प्राप्त जानकारी अनुसार दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
बेलकोट गाविसको टीगाउँस्थित आर्कोटे भीर भन्ने स्थानमा बस दुर्घटनाग्रस्त भएको हो ।
घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने अहिलेउद्धारकार्य जारी छ । दुर्घटनाका क्रममा थुप्रै यात्रु घाइते भएको अनुमान गरिएको छ ।















प्रतिक्रिया