काठमाडौँ, ७ कात्तिक । मलेसीयामा जारी आईसीसी लीग डिभिजन थ्रीमा बर्मूडा १०० रनमा अलआउट भएपछि नेपालले १०१ रनको लक्ष्य पाएको छ ।
बर्मुडाद्वारा नेपाललाई १०१ रनको चुनौति दिएको हो । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको बर्मूडाले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमायो ।
बर्मूडालाई सस्तैमा समेट्ने क्रममा नेपालका शक्ति गौचन, बसन्त रेग्मी र अमृत भट्टराईले समान २–२ तथा सागर पुन र सोमपाल कामीले १–१ विकेट लिए।
प्रतियोगिताको पहिलो खेलमा नेपाल बिहीबार युगान्डासँग २० रनले पराजित भएको थियो।















प्रतिक्रिया