२९ आश्विन २०८३, बिहिबार

खनालको स्वास्थ्यस्थिति जटिल भएपछि श्रीमति चित्रकार अमेरिका प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanathकाठमाडौँ, ६ कात्तिक । नेकपा एमालेका निवर्तमान अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल थप बिरामी परेपछि खनालकी श्रीमति रविलक्ष्मी चित्रकार उहाँलाई भेट्न बिहीबार अमेरिका प्रस्थान गर्नुभएको छ ।

दुई साताअघि अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन युनिभर्सिटी अस्पतालमा शल्यक्रिया गरी अस्पतालबाट डिस्चार्ज हुनु भएका खनाललाई निमोनिया देखिएपछि सोही अस्पतालमा पुनः भर्ना गरिएको थियो ।

निमोनिया भएपछि तीन दिन अघि पुनः अस्पताल भर्ना हुनुभएका खनालको  स्वास्थ्यस्थिति जटिल भएको भन्दै खनाल पत्नी चित्रकार अमेरिका जानुभएको स्रोतले बताएको छ ।  स्रोतका अनुसार अहिले खनाललाई एन्टिबायटिकले समेत काम गर्न सकेको छैन ।

हस्पिटल नजिकै रहेको नविन श्रेष्ठको घरमा आराम गरिरहनु भएका खनाललाई पूर्व राजदूत प्रमेश हमाल, स्थानीय पार्टी कमिटी र उहाँका निजी चिकित्सकहरुले सहयोग गरिरहेका छन् ।
उपचारमा सम्लग्न चिकित्सकहरुले खनाललाई कम्तिमा २२ दिन आराम गर्न सुझाव दिएका छन् ।