काठमाडौं, ६ कात्तिक । झिलिमिली बत्ती, देउसीरभैलो र आतिशबाजी तिहारका प्रमुख विशेषतातिनै कुरालाई निषेध गर्न सरकारी निकाय लागि परेका छन ।
विद्युत प्राधिकरणले उत्सव बत्तीका साथै बढी बिजुली खपत हुने कुनैपनि उपकरण नचलाउनु भनेको छ ।
सुरुमा ७ बजेपछि देउसीरभैलो खेल्न निषेध गरेको गृह मन्त्रालयले विरोधपछि थप २ घण्टाको छुट दिएको छ आतिशबाजीका सामग्री त जफत भैरहेकै छ ।
‘पर्व मनाउने तौरतरिका परिवर्तन हुँदै गएको अवस्थामा सरकारपनि समाजअनुरुप परिवर्तित हुनपर्ने हो,’ मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘तर उ पुरानै ढर्रामा छ, उन्मुक्त भएर उत्सव मनाउने कार्यमा भाँजो हाल्न खोज्छ ।’
विद्युत प्राधिकरणले तिहारभरि उत्सव बत्तीमात्र हैन फ्रिज, राइसकुकर, आइरन, एसीलगायत प्रयोग नगर्नु भन्दै गरे कारबाहीको चेतावनी दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘तिहारको शुभअवसरमा प्राधिकरणको प्रणालीबाट पसल, मल, घर, सडक लगायतमा उत्सव बत्ती लगायत उच्च विद्युत खपत हुने उपकरणहरु (फ्रिज, राइसकुकर, आइरन, एसी आदि) ५ देखि ८ गतेसम्म ५ देखि १० बजेसम्म प्रयोग नगर्नका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा ति उपभोक्ताहरुको विद्युत सम्पर्क विच्छेद हुनेसमेत जानकारी गराइन्छ । यस कार्यमा सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा गरिएको छ ।’
उर्जा संकट छ, बिजुलीको खपत हुने पर्वमा प्राधिकरणले कम बिजुली प्रयोग गर्न अनुरोध गर्नु स्वभाविक हुन्छ ।
‘तर यसरी उर्दी जारी गरेको सुहाएन,’ समाज विश्लेषक सञ्जिव पोखरेल, ‘पैसा तिरेको बिजुली प्रयोग गरिस भने लाइन काट्छु भन्नु त दादागिरी भयो ।’
बिजुलीको संकट, प्राधिकरणलाई व्यवस्थापन गर्न अप्ठ्यारो छ भने उसले नागरिकलाई मैनबत्तीरपालालगायतका परम्परागत बत्ती प्रयोग गर्न प्रोत्साहित गर्नपर्ने ढकाल बताउछन् ।
यस्तै गैरजिम्मेवार र उर्दी शैली देउसीरभैलो जस्तो तिहारको अभिन्न पाटो देउसीरभैलोप्रति देखाइयो ।
गृहले ७ बजेपछि (पछि ९ बजेसम्म छुट दिइएको) देउसी-भैलो खेल्न रोक लगायो । ‘रातको समयमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने हुदा सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगायतका सांस्कृति कार्यक्रम बेलुकी ७ बजेसम्म मात्र गर्न अनुरोध छ,’ गृहको सूचनामा भनिएको थियो ।
सरकार सांस्कृति संवेदनशीलता बुझ्नै नखोजी हामीले भनेपछि मान्नैपर्छ भन्ने तरिकाले पेश भएको पोखरेल बताउँछन् ।















प्रतिक्रिया