काठमाडौँ, ५ कात्तिक । काठमाडौंको रामकोट १ स्थायी घर भएका विकासराज गिरी पक्रउ परेका छन् । नक्कली फेसबुक अकाउन्टबाट युवतीको नग्न तस्विर राखि चरित्र हत्या गर्ने कार्यमा संलग्न भएकाले उनीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले रामकोट नै बस्ने सविता (नाम परिवर्तन) को नक्कली फेसबुक अकाउन्टबाट अश्लिल फोटो तथा अस्लिल शब्दहरू राखेर चरित्र हत्याको प्रयास गरेका थिए।
२९ वर्षे गिरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले कात्तिक ४ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।















प्रतिक्रिया