वीरगञ्ज, ५ कात्तिक । उद्योगमन्त्री महेश बस्नेतले निर्माणाधिन काठमाडौं–तराई द्रुतमार्ग र निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनु भएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बुधबार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले कार्यक्रममा बोल्दै वीरगञ्ज–पथलैया क्षेत्रलाई मापदण्डसहितको औद्योगिक करिडर बनाउनआफू प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री वस्नेतले वीरगञ्ज चिनी कारखाना र औषधि लिमिटेडलाई पुनः सुचारु गर्न गर्ने कुरामा अर्थमन्त्री डा. रामशरण महत र अर्थमन्त्रालय ‘हलुवामा बालुवा’ भएको समेत आरोप लगाउनुभयो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्का अध्यक्ष अशोककुमार वैद्यले राजनीतिक नेतृत्वलाई आर्थिक विकासका एजेण्डामा ऐक्यबद्ध हुन आग्रह गर्नुभयो ।
मन्त्रालयलाई लङ्गडो बनाइएको समेत तर्क गर्नुभयो । ‘उद्योगको मूल मन्त्रालय नै उद्योग मन्त्रालय हो। तर, यो मन्त्रालयलाई पाखा लगाइएको छ, उहाँले भन्नुभयो, ‘सबैको बार्गेनिङ गृह, अर्थ, रक्षाजस्ता मन्त्रालयमा हुन्छ।’













प्रतिक्रिया