२९ आश्विन २०८३, बिहिबार

नयाँ कार्यसमिति गठन र क्यानाडाका काव्य सुसेलीहरु सार्वजनिकको लर्को

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

9

क्यानडा ।  गत आईतवार १९ तारिखका दिन नेपाली साहित्य समाज क्यानाडाले एक समारोहका बीच १०६ औं लक्ष्मीजयन्तीसँगै क्यानाडाका सर्जकहरुको पहिलो सामुहिक काव्य संग्रह ‘क्यानाडाका काव्यसुसेलीहरु’ को विमोचन र साधारणसभा सम्पन्न गरेको थियो।

कार्यक्रमको थालनीमा महाकवि देवकोटाको १०६ औं जन्मजयन्तीको उपलक्ष्यमा बत्ति बालेर महाकवि देवकोटाको स्मरण गरिएको थियो ।

उक्त अवसरमा देवकोटाको योगदानमाथि प्रकाश पार्दै डा. गोबिन्दसिंह रावतले  सूर्य र चन्द्रमाको स्थान ब्रह्माण्डमा रहे जस्तै देवकोटाको स्थान प्रत्येक नेपालीको मनमा रहने भएकोले उनको परिचयको आवश्यकता नपर्ने भन्दै देवकोटा जस्ता साहित्यका महान पुरुषहरुको जयन्ती आदि मनाउन साहित्यिक संस्थासँगै सामाजिक संस्थाहरु पनि अगाडि बढ्नु पर्ने भन्दै सहभागितामा आफुलाई समाजको अगुवा भन्नेहरुको अनिकाल लागेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष मुक्ती गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमको शुभारम्भमा कार्यक्रम संचालक रमेश थापाले २००४ को वसन्त पञ्चमीका दिन स्थापना भएको नेपाली साहित्य समाज क्यानाडा केही समय टोरोन्टो नेपाली साहित्य समाजको नामबाट चिनिदै आएकोमा अबदेखि नेपाली साहित्य समाज क्यानाडाको नामले चिनिने र नयाँ कार्यसमितिमा क्यानाडाका अन्य प्रान्तबाट पनि प्रतिनिधिहरु राखिने बारे जानकारी गराउनुभयो ।

कार्यक्रममा उपस्थित  साहित्यानुरागी दर्शकहरुलाई स्वागत गर्दै डा. तुलसी धरेलले १० वर्षअघि स्थापना भएको नेपाली साहित्य समाज क्यानाडाले निरन्तर रुपमा साहित्यिक कार्यक्रमहरुको आयोजना गर्दै आएकोले समाजमा काव्यप्रतिको जागरुकता ल्याएर यसले नयाँ कविहरु जन्माउँदै गएर साहित्यकारहरुको  संख्यामा वृद्धि गराएको भन्नुभयो ।

पहिलो चरणमा देवकोटा जयन्तीको उपलक्ष्यमा कवि गोष्ठीको आयोजना भएको थियो । यस गोष्ठीमा केहीले ‘क्यानाडाका काव्यसुसेलीहरु’ मा संकलित कविता सुनाए भने केहीले नयाँ कविता पढेर सुनाएका थिए । प्रायः सबै कवितामा आप्रवासको पीडा र स्वदेशको सम्झनाका शब्दहरु गुञ्जिएको थियो ।

कविता वाचन गर्नेहरुमा विष्णु गौतम (माकुरा मगन्ते र म), रविन थपलिया (म वेश्या हूँ), प्रदिप पौडेल, अनुप न्योपाने (ल है मैले पनि एउटा संस्था दर्ता गरे), सुरेन्द्रराज भण्डारी, सुरेश ओली (म बदलिएको छु(, विश्व वर्मा, डा. तुलसी धरेल (जिन्दगीं, गोपाल भण्डारी, डा. किस्मत भण्डारी (सुखको खोजीमां), रमेश थापा (प्रवास), डा. गोबिन्दसिंह रावत (रामप्रितको सम्झनामा(, सृजना आचार्य (अस्थीर मन), टङ्क दोरङ्गा (कैले देख्न पाउने समृद्ध नेपाल), गोपीकृष्ण काफ्ले (गजल), मुक्ती गौतम (अब म आउदिन कि खै), राधिका खरेल आदिसँगै लिला पाण्डेले गीत गाएर सुनाउनु भएको थियो ।

7
दोस्रो चरणको ‘क्यानाडाका काव्यसुसेलीहरु’ लोकार्पण कार्यक्रममा क्यानाडाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्माको प्रमुख आतिथ्यमा वहाँसँगै गैरआवासीय नेपाली संघ, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक नवराज गुरुङ्गबाट संयुक्तरुपमा लोकार्पण भएको “क्यानाडाका काव्यसुसेलीहरु” क्यानाडाबाट प्रकाशित पहिलो संयुक्त काव्य संग्रह हो ।

प्रमुख आतिथि नेपालका अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्माले यस्तो प्रकारका कार्यक्रमले नेपालसँग हाम्रोमा निरन्तरता ल्याउने गर्छ भन्दै यस्ता आप्रवासबाट प्रकाशित कृतिहरुलाई सम्बन्धित पुस्तकालयहरुमा र आप्रवासमा स्थापित संस्थाहरुमा गैरआवासीय नेपाली संघले विश्वव्यापी पठाउने व्यवस्था गर्नु पर्ने भन्दै आफु पनि संघसँग आवद्ध भएकोले यस तर्फ संघको ध्यानाकर्षण गराउने भन्नुभयो ।

गैरआवासीय नेपाली संघ, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक नवराज गुरुङ्गले आप्रवासमा रहेकाहरले आफ्ना अनुभवका अभिव्यक्तीहरु यस संग्रहमा अभिव्यक्त भएकोले आप्रवासी नेपाली समाजका बारेमा जानकारी पाउन यो संग्रह सहयोगी हुने भन्नुभयो ।

संग्रहमाथि टिप्पणी गर्दै अंग्रेजी साहित्यका लेखक डा. राजन पोखरेलले पुस्तकमा पहिचानको खोजिका लागि कहिले देशमा त कहिले विदेशमा भौतारिरहेको आप्रवासी पीडाहरु अभिव्यक्त भएको बताउनुभयो ।