पाल्पा, ४ कात्तिक । दशा लाग्यो भने घरको दैलोमा ठेस लागेर पनि मृत्यु हुन्छ भन्ने नेपाली भनाई सुजित गुरुङमा लागु भएको छ ।
उनको शौच गर्ने क्रममा पाल्पा जिल्लाको चिदीपानीमा भिरबाट खसेर मृत्यु भएको छ ।
बुटवलबाट पोखरा जाँदै गर्दा सिद्धार्थ राजमार्गको चिदीपानीमा मोटरसाइकल रोकेर उनी सडकको छेउमा शौच गर्न गाएका थिए ।
पोखरा उपमहानगरपालिका–५ स्थायी घर भएका २२ वर्षीय गुरुङको त्यही क्रममा भीरबाट लडेर मृत्यु भयो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले गुरुङले मदिरा सेवन गरेको हुन सक्ने आशङ्का गरेको छ ।















प्रतिक्रिया