
कोलकोता, ४ कात्तिक । फुटबल खेलमा गोल गरेपछि उत्साह मनाउने क्रममा एक खेलाडीको मेरुदण्डको हड्डी भाँचिएर मृत्यु भएको छ।
मिजोरम प्रिमियर लिगका क्रममा बेथलेहेम फुटबल क्लबका २३ वर्षीय स्ट्राइकर पिटरको मृत्यु भएको हो । खेलको ६२ मिनेटमा आफ्नो टोलीका लागि बराबरी गोल फर्काएपछि उत्साह मनाउने क्रममा उनले ज्यान गुमाएका हुन्।
उनको टिम चानमारी वेस्ट एफसीसँग ०–१ ले पछाडि परेको थियो। सोही समयमा पिटरले गोल गर्दै स्कोरलाई १–१ को बराबरीमा ल्याएका थिए। गोल गरेको खुशियाली मनाउने क्रममा ढलेका पिटर दुःखाइका कारण उठ्नै सकेनन्। उनलाई तत्काल आइजोल सिभिल अस्पताल पुर्याइएको थियो। अस्पताल पुराउन साथ चिकित्सकले उनलाई त्यहीँ मृत घोषित गरेका थिए । उनको टोली पनि खेलमा २–३ ले पराजित भयो।
हेर्नुस भिडियो:
https://www.youtube.com/watch?v=twA7LcxZ5s0











प्रतिक्रिया