विराटनगर, ४ कात्तिक । कोसी अञ्चल अस्पताल विराटनगरले नयाँ भवनबाट व्यवस्थित रूपमा एक महिनामा २० वटा गर्भपतन सेवा दिएको छ ।
बाल समाज नेपालद्वारा सोमबार विराटनगरमा आयोजित छलफल कार्यक्रममा अस्पतालले सो जानकारी दिएको हो ।
अस्पतालले दक्ष जनशक्तिद्वारा सुरक्षित र व्यवस्थित रूपमा विगत एक महिनामा २० वटा गर्भपतन सेवा दिइसकेको जनाएको छ ।
विभिन्न कारणले अनिच्छित गर्भ रहेकालाई हाल अस्पतालले औषधिबाहेक १२ हप्ताभन्दा मुनिको रु एक हजार र १२ हप्ताभन्दा माथिको तीन हजार लिएर गर्भपतन सेवा गरिने जानकारी दिएको छ । रासस















प्रतिक्रिया