वीरगन्ज, ४ कात्तिक । ४ केजी अवैध सुन सहित वीरगन्जमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले नयाँ बसपार्क क्षेत्रबाट ४ केजी अवैध सुन सहित वीरगन्ज नगवाका मृत्युन्जय सर्राफलाई पक्राउ गरेको हो ।
काठमाण्डौबाट रात्रीबसमा सुन लिएर मंगलबार विहान वीरगन्ज बसपार्कमा उत्रिएका सर्राफको शरिर खानतलासी गर्ने क्रममा पक्राउ गरेको हो ।
अहिले उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया