झापा, ४ कात्तिक । मोबाइल चोरी गरेर ब्ल्याकमेलिङ गर्ने एक युवक झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा चकचकी–५ निवासी तुफान आलम रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । चकचकी–७ निवासी निशा हमाल खनालको गत कात्तिक १ गते राति मोबाइल चोरी गरी सोही मोबाइल नम्बरबाट फोन गर्दै रकम माग्ने खानलाई प्रहरीले बिर्तामोडस्थित कृष्ण चलचित्र हलबाट गएराति पक्राउ गरेको हो ।
निशाको परिवारलाई इज्जत बचाउने मन छ भने आइएमईमा २० हजार जम्मा गर्नु नगरे मोबाइलमा भएका फोटो सार्वजनिक गरिदिन्छु भन्दै पटकपटक आलमले धम्क्याउने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।















प्रतिक्रिया