चौतारा, ३ कात्तिक । प्रहरीले एकै व्यक्तिबाट छ करोड रुपैंया बराबरको सुन बरामद गरेको छ ।
चीनको खासाबाट अवैधरुपमा नेपाल भित्रयाउन लागेको पाँच करोड ८५ लाख मूल्यको १३ किलो सुनसहित सोमबार साँझ एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा तातोपानी गाविस–९ गोक्चेनस्थित अस्थायी प्रहरी पोस्टबाट नेपाली मूलका तिब्बती नागरिक कान्छा शेर्पालाई सुनसहित नियन्त्रणमा लिइएको सीमा प्रहरी कार्यालय तातोपानीका प्रहरी निरीक्षक केशवकुमार साहले जानकारी दिनुभयो ।
शेर्पाले कपडाको पेटी बनाएर कम्मरमा बाँधेर ल्याइएको अवस्थामा सुन बरामद गरिएको हो ।
















प्रतिक्रिया