३१ आश्विन २०८३, शनिबार

त्रिशूलीमा ट्रक खस्दा पाँच जना बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ३ कात्तिक । काठमाडौँबाट धादिङको चरौँदीतर्फ जाँदै गरेको ना४ ख ८८१३ नंको ट्रक सोमबार साँझ त्रिशूली नदीमा खस्दा पाँच जना बेपत्ता भएका छन् ।

चालक विमल खड्कासहित सहचालक र तीन यात्रु रहेको ट्रक चरौँदीतर्फ तरकारी लिन जाँदै गरेको गजुरी प्रहरीले जनाएको छ । हराउने अन्यको भने नाम खुल्न सकेको छैन ।
ट्रक पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाविस–२ फुर्केखोला नजिकैबाट त्रिशूलीमा खसेको हो । नदीमा खसेको ट्रकको माथिल्लो भाग मात्र देखिएको र हराइरहेकाहरुको खोजी भइरहेको जनाइएको छ ।