२९ आश्विन २०८३, बिहिबार

एमाले कतारबाट देउसी भैलो कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । नेकपा एमालेको प्रवासी नेपाली मञ्च कतारले २०७१ सालको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सहित देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको संरक्षण सम्वर्धन गर्न मञ्चले यस्तो किसिमको कार्यक्रम आयोजना गरेको मञ्चका अध्यक्ष दिलकिरण खजुमले जानकारी दिनुभयो । देउसी भैलो कार्यक्रम लक्ष्मी पुजाको दिनदेखि प्रारम्भ गरेर भाई टिकाको दिन समापन गरिने बताइएको छ ।

अधिकतम रुपमा श्रमिक र अविभावकहरुलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेकोले जनसंगीत मञ्चका कलाकारहरुले तयारी पूरा गरी सकेको जनसंगीत मञ्चका सचिव जीतेन भण्डारीले जानकारी दिनुभयो ।

मञ्चले विगत ९ वर्ष देखि निरन्तर रुपमा विविध मनोरञ्जनात्मक साँस्कृतिक झाँकी सहित नेपाली श्रमिक, संघ संस्थाका प्रमुख, समाजसेवी तथा वुद्धिजिवी र व्यावसायीहरुको घरमै प्रत्यक्ष रुपमा गएर देउसी भैलो खेल्दै आएको मञ्चका सचिव एवं प्रचारप्रसार प्रमुख छवि प्युठानीले जानकारी दिनुभयो ।