वीरगञ्ज, ३ कात्तिक। एमाओवादीका अध्यक्ष ठाउँ अनुसारको भाषण गर्न खप्पिस मानिन्छन् । उनको यो पुरानै शैली हो ।
सोमबार सिम्रौनगढमा पुगेका प्रचण्डले हिन्दीमा भाषण शुरु गरेर मधेसवादी जनताको मन जित्ने प्रयास गरे ।
प्रहरीको गोलीबाट मारिएका जयनारायण पटेलको सम्झनामा आयोजना गरिएको श्रद्धान्जली सभामा भाग लिन सिम्रौनगढ पुगेका उनले मधेसी, आदिवासी र माओवादी मिले नेपाल आफ्नो हातबाट बाहिर नजाने समेत दाबी गरे ।
दिल्लीले मधेसीको कुरा मात्र नसुन्ने भन्दै माओवादी र मधेसी एक भएर अघि बढ्नु पर्ने उनको भनाई थियो ।
हिन्दी भाषामा सम्बोधन सुरु गरेका प्रचण्डले मधेसी, आदिवासी जनजाति, दलित र माओवादी एक भए दुनियाँको कुनै पनि तागतले हराउन नसक्ने समेत दाबी गरे ।
उनले सम्वोधनकै क्रममा कांग्रेस र एमाले सरकारलाई ‘अन्धो र बहिरो’ को समेत संज्ञा दिन भ्याए ।
उनले काठमाडौंले सिम्रौनगढको वीरता र वैभावलाई मान्यता नदिएको भन्दै नयाँ आन्दोलन गरेर सिंहदरवारको अन्धो र बहिरो शासकलाई भत्काउन आग्रह गरे ।
प्रचण्डले भाषणकै क्रममा आफु पहाडे, बाहुन र कम्युनिष्ट भएको भन्दै मधेसका जनताको साथ आफुले नछोड्ने दाबी समेत गरे ।















प्रतिक्रिया