३१ आश्विन २०८३, शनिबार

मैले हारे पनि नेपाली फुटबललाई कहिल्यै हार्न दिन्नः थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-thapa-काठमाडौँ, ३ कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले  कार्यबहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई दिनुभएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार पत्रकार सम्मेलन गर्दै थापाले आफ्नो पद स्थगनको घोषणा गरी दुई महिनाका लागि अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिनुभएको हो ।

एन्फाको सोमबारकै बैठकले कोषाध्यक्ष विराटजंग शाहीको ठाउँमा सहायक कोषाध्यक्ष रविन्द्र जोशीलाई ल्याइएको छ। शाही पनि थापासँगै विवादमा मुछिनु भएको थियो ।

थपाले लेखा समितिले गरेको निर्णयलाई सम्मान गर्दै पद स्थगनको निर्णय लिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले आफूले प्रतिष्ठाको लडाइ बनाउनुभन्दा खेलाडी र नेपाली फुटबलको भविश्यलाई हेरेर पद त्याग गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

‘गणेश थापाले व्यक्तिगत रुपमा हारेको होला,’ उहाँले भन्नुभयो तर नेपाली फुटबललाई कहिल्यै हार्न दिन्न ।’

छानविनका क्रममा दोषी देखिए कोही पनि पदमा नबस्ने भन्दै उनले आफूमाथि अन्याय भएको बताउनु भयो ।

करिब २० वर्ष एन्फा अध्यक्ष रहेका थापालाई सार्वजनिक लेखा समितिले  ५८ करोड रूपैयाँ घोटला गरेको आरोपमा वर्खास्तका लागि निर्देशन दिएको थियो ।