२९ आश्विन २०८३, बिहिबार

साहित्यकार प्राडा त्रिपाठीलाई अमेरिकामा सम्मान गरिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

33333333अमेरिका । साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई  अमेरिकामा आगामि २६ अक्टोवरका दिन लक्ष्मी जयन्तीका अवसरमा अभिनन्दन गरिने भएको छ ।
त्रिभुवन विश्व विद्यालयका प्रोफेसरसँगै  नेराप्रपका पूर्व कुलपतिसमेत रहनु भएका त्रिपाठीलाई  अमेरिका स्थित अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले संयुक्त रुपमा सम्मान गर्न लागेको हो ।

मदन पुरस्कार विजेतासमेत रहनु भएका उहाँलको सम्मानका लागि अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाको संयोजकत्वमा एक अभिनन्दन समारोह समिति गठन गरिएको छ ।

सो समितिमा होमनाथ सुवेदी (अनेसास) , वसन्त श्रेष्ठ (एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका), प्रकाश नेपाल (अनेसास), खिलेन्द्र न्यौपाने (एनइसिसी), गोपाल विश्वकर्मा (नासो), ठाकुर पुडासैनी (एएनएस), पर्ल रेग्मी (तनहुँ समाज), सरोज प्रजापति (एनपिपिए), रामलाल श्रेष्ठ (एनओए), विजय श्रेष्ठ (वाना), मनोज प्रधान (अनेसास, नर्थ क्यारोलाइना) ,वासु श्रेष्ठ (खसखस डट कम), गौतम दाहाल, लोक तिवारी, गोपाल रेग्मी, राम प्रसाद खनाल, खेम भट्टचन लगायत रहनुभएको छ ।

सो अवसरमा डा. त्रिपाठीको व्यक्तित्व कृतित्वका विषयमा बिशेष चर्चा गरिनुका साथै त्रिपाठीवाट सारगर्भित साहित्यिक प्रवचन हुने भएको छ ।