काठमाडौँ, ३ कात्तिक । नेकपा एमालेका निवर्तमान अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई निमोनिया भएको छ ।
उपचारका क्रममा दुई साताअघि अमेरिका पुग्नुभएका खनाल बाल्टिमोरस्थित जोन हप्किन युनिभर्सिटी अस्पतालमा उपचार गराई डिस्चार्ज हुनु भएको थियो ।
डिस्चार्ज लगत्तै निमोनिया देखिएपछि उहाँलाई त्यही अस्पतालमा भर्ना गरेको प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव प्रभु थापाले जानकारी दिनुभयो ।
चिकित्सकहरुले शल्यक्रियापछि खनाललाई पूर्ण आराम गर्न सल्लाह दिएका थिए । तर, उहाँ भेटघाटमा व्यस्त बनेपछि स्वास्थ्यमा थप समस्या आएको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।















प्रतिक्रिया