३१ आश्विन २०८३, शनिबार

२० किलो चाँँदीसहित विजयकुमार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३ कात्तिक  । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको २० किलो चाँँदीसहित एक जना पक्राउ परेका छन् ।

अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जले २० किलो चाँदीसहित छपकैया निवासी विजयकुमार सर्राफलाई पक्राउ गरेको हो ।

आइतबार राति वीरगन्ज उपमहानगरपालिका–१९ मा पर्ने भन्सार एरियाबाट बैंकबाट खरिद गरिएको चाँदी ना२ ख ८७८८ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाई भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका सर्राफलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।