३१ आश्विन २०८३, शनिबार

नौ वर्षकी आफ्नै छोरी बलात्कार गर्ने युवक प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३ कात्तिक  । मोरङको सुन्दरपुर– ८ का एक जनालाई आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सङ्खुवासभा मोरङ सुन्दरपुरका ३७ वर्षीय युवकलाई आफ्नै नौ वर्षकी छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

घटना सम्बन्धमा पीडित बालिकाकी आमाले प्रहरीलाई जानकारी गराएपछि बाबुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान सुरु गरिएको छ ।

पीडित बालिकालाई स्वास्थ्य उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको छ । रासस