काठमाडौँ, ३ कार्तिक । आर्थिक अनियमितताको आरोप लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा सहितका केही पदाधिकारीलाई सरकारले निलम्बनको तयारी गरेको छ ।
संसद्को सार्वजनिक लेखा समितिले पटक–पटक थापासहितका पदाधिकारीलाई निलम्वन गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिए पनि थापाले अटेर गर्दै आएका थिए ।
स्रोतका अनुसार खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले समितिका सभापति जनार्दन शर्मालाई थापाको निलम्वन बारे जानकारी गराएकाले सोमबार नै निलम्वन गर्ने तयारी भएको बुझिएको छ ।
एन्फा अध्यक्ष थापासहित बरिष्ठ पदाधिकारीहरु विराटजंग शाह, धीरेन्द्र प्रधान, ललितकृष्ण श्रेष्ठ समेत निलम्वनमा पर्ने छन् ।
थापाले भने पूर्वाग्रही ढंगले आफूमाथि आरोप लगाएको भन्दै निर्णय नमान्ने चेतावनी दिदै आएका छन् ।
थापाले समितिले निलम्वन गर्न दिएको निर्देशन लगत्तै पत्रकार सम्मेलन गरी आफूमाथि कारवाही भए नेपाली फुटवलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्ने चेतावनी दिएका थिए ।















प्रतिक्रिया