३१ आश्विन २०८३, शनिबार

हतियारधारी समूहबाट पत्रकारसहित चारजनामाथि आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ३ कार्तिक । झापामा हतियारधारी समूहको आक्रमणबाट पत्रकारसहित चार जना घाइते भएका छन् ।

जनआन्दोलन साप्ताहिककी कार्यकारी सम्पादक रेजिना गौतम (रोदन) सहित चार जना घाइते भएकी हुन् । घाइतेमध्ये गौतमको अवस्था गम्भीर छ ।

गएराति झापाको बिर्तामोडस्थित शनिश्चरे रोडको डिभाइनर फर्निचर उद्योगनजिकै हतियारधारी समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । अर्जुनधारा दैनिकमा समेत आबद्ध उनीलाई गएराति काम सकेर डेरातर्फ जाँदै गर्दा आठ/नौजनाको समूहमा रहेको आक्रमणकारीले अन्धाधुन्ध खुकुरी प्रहार गरेको थियो । खुकुरी प्रहारबाट पत्रकार गौतमको टाउकोमा गम्भीर चोट लागेको छ ।

उनीसँगै रहेका नेपाल पत्रकार महासङ्घ झापाका कार्यालय सहयोगी ख्याम बरालसमेत टाउकोमा चोट लागी घाइते भएका छन् । घाइते दुवैको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

सोही समूहले अन्य दुई सर्वसाधारणलाई समेत कुटपिट गरेका छन् । कुटपिटबाट बिर्तामोडस्थित सुगम चौकका टीकाराम खतिवडा र नीलमणि दाहाल घाइते भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।