३० आश्विन २०८३, शुक्रबार

प्रहरी व्यारेकभित्र डरलाग्दो यौनकाण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex1

काठमाडौं, ३ कार्तिक । ‘भ्रष्टाचार र अवैध क्रियाकलापबाट आर्जित सम्पत्ति कमाउने नेपालीले पहिला जग्गा किन्छ,घर बनाउँछ,गाडी किन्छ,त्यसपछि उसले एकपछि अर्को विवाह गर्न थाल्छ । महिलाको हकमा पनि यही कुरा लागु हुन्छ’ वित्तिय जानकारी इकाईका प्रमुख धर्मराज सापकोटाले भनेको यो कुरा नेपालीमा सतप्रतिशत लागू भएको घटनाक्रमले देखएको छ । भ्रष्टाचारबाट आर्जित धनको मातले सेना,नेपाल प्रहरी र सशस्त्रमा बहुविवाह गर्नेको संख्या उल्लेख्य छ । तीनवटै सुरक्षा निकायमा बहुविवाह गर्नेमा अधिकृतदेखि जर्नेलसम्म छन् ।

भ्रष्टाचार गर्नेहरुले बहुविवाह गर्नेगरेको मात्रै होइन,अवैधानिक रुपमा प्रेमिका (रखौल) राख्ने मामलामा निजामती प्रशासनका उच्चपदस्थ अधिकारीहरुको नाम पनि आउने गरेको छ । सबैभन्दा बढी सेना र नेपाल प्रहरीमा बहुविवाह गर्नेहरु रहेको खोजी गरे फेला पर्नेछ । वर्षौदेखि नेपाल प्रहरीका एक पूर्वएआइजीको यौनशोषणमा परेकी महिला प्रहरीले तीन वर्षअघि महिला तथा बालबालिका निर्देशनालयमा उजुरी दिएपछि २५ लाख रुपैयाँ क्षतिपूर्ति दिएर सामसुम पारिएको थियो । ती पूर्वएआइजीपीको केस उनको समूहका आइजीपी रविन्द्रप्रताप शाहको पहलमा सामसुम पारिएको थियो ।

जागिरे जीवनका अधिकांश समय लेखामै बिताएका नेपाल प्रहरीका एक अधिकृतले जहाँ बस्यो त्यही महिला प्रहरीलाई यौन शोषण गर्दा अहिलेसम्म १९ लाख क्षतिपूर्ति तिर्नुपरेको स्रोतले बतायो । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट केही दिनअघि प्रहरी हेर्डक्वार्टर पबन्धको खुद्रा खरिद इकाइमा सरुवा भएका एक लेखा अधिकृतले ट्राफिकमै कार्यरत महिला प्रहरी जवान जुना आले (नाम परिवर्तन) लाई यौन शोषण गरी गर्भवती बनाए । उनी गर्भवती भएपछि भदौ अन्तिममा मेरी स्टोप्स चावहिलमा लगी गर्भपतन गराए । गर्भपतन गराइएकी ती युवतीले ती अधिकृतलाई नछाड्ने भएपछि ५ लाख दिएर मिलाइएको महाशाखामा चर्चा छ । विराटनगर हुँदा पनि ती अधिकृतले एक रिक्रुट युवतीलाई त्यसैगरी शोषण गरी ५ लाख नगद दिएर थामथुम पारेको आजको साँघु साप्ताहिकमा खबर छ ।